Logo

प्रमुख समाचार

पार्टी नेतृत्वले गम्भीर गल्ती गर्दा नेविसंघ अस्तव्यस्त भयो : प्रदिप पौडेल



नेपाली कांग्रेसका नेता प्रदिप पौडेलले नेविसंघका नेता कार्यकर्ता एकआपसमा झगडा गर्दा नेतृत्व मुकदर्शक बनेको भन्दै असन्तुष्टी व्यक्त गरेका छन् ।नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै नेतृत्वले गम्भीर त्रुटी गरेको आरोप लगाए ।

विद्यार्थी नेताहरुले विधानसम्मत निर्णय गर्न दिएको दबाबले नेतृत्वलाई लज्जाबोध हुनुपर्नेमा मौन बस्नुले गलत सन्देश गएको पौडेलको तर्क छ ।पार्टी नेतृत्वले नेविसंघको तदर्थ समितिमा आफ्नो एसम्यान राख्न खोज्दा समस्या उत्पन्न भएको पौडेलको ठहर छ ।

कांग्रेस र नेविसंघ दुवैको समस्या समाधानका लागि विधानअनुसार काम गर्नुपर्नेमा पौडेलले जोड दिएका छन् ।अब जतिसक्दो छिटो नेविसंघको महाधिवेशन गराउने वातावरण सृजना गर्न पौडेलले नेतृत्वलाई सुझाब दिएका छन् ।नेतृत्वले कसैलाई काखा कसैलाई पाखा गर्ने प्रवृत्तिले नेविसंघभित्रको विवाद समाधान हुन नसकेको पौडेलको तर्क छ ।

आफूले नेविसंघ विवाद समाधानका लागि सक्दो पहल गरिरहेको दावी गर्दै पौडेलले विधानअनुसार अधिवेशन गराउनुपर्ने बताए । पार्टीले. नेविसंघमा ३२ वर्षे उमेरहद लागु गरिसकेकाले अब सोही अनुसार तदर्थ समिति बनाएर महाधिवेशनको म्यान्डेट दिनुपर्ने बताए ।

नेविसंघ विवादले कांग्रेसका बारेमा गलत सन्देश गएको भन्दै पौडेलले चिन्ता व्यक्त गरे ।पार्टी सभापति शेरबहादुर देउवाले आफ्नो हितमा नभै पार्टीको हितमा काम गर्नुपर्नेमा त्यसो गर्न नसकेको पौडेलको आरोप छ ।

प्रकाशित मिति : फाल्गुन १४, २०७५ मंगलबार  ५ : १८ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।