संसदको प्रमुख प्रतिपक्षमा रहेको दल नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले प्रेस स्वतन्त्रतामाथि सरकारले हस्तक्षेप गरेको दाबी गरेका छन् ।नयाँ शक्तिका रसुवा र कांग्रेसबीच एकता घोषणा कार्यक्रममा देउवाले भोलि कुन मुद्दा लगाइदिन्छ भनेर प्रेस डराउन थालेको बताए ।
अहिले देशमा प्रेस र अभिव्यक्तिको स्वतन्त्रतामाथि आक्रमण हुन थालेको छ उनले भने, ‘भोलि गएर बोल्न लेख्न पनि डराउने अवस्था हुन्छ ।’
‘पञ्चायत र राजाको शासनमा पनि यस्तै थियो । लेख्न बोल्न बन्देज गरिएको थियो’ अहिले त्यही रुपमा जान खोजिएको छ ।’कुनै पनि बहानामा हुने प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि हुन कुनै पनि आक्रमण सैह्य नहुने भन्दै देउवाले आवश्यक परे आन्दोलन गर्ने समेत बताएका छन् ।
रसुवाबाट शुरु भएको कांग्रेस प्रवेशको अभियानले देशव्यापी रुपमा माहोल बनाएको उनले बताए । साथै अन्य पार्टीबाट कांग्रेस प्रवेश गर्नेलाई उचित स्थान दिइने बताए ।
प्रतिक्रिया