Logo

समाचार

भरतपुर महानगरमा मेयर रेनु दाहालले एकलौटी ढंगले चलाउदै अनियमितता गरिन् : उपमेयर



चितवनको भरतपुर महानगरपालिकाकी उपमेयर पार्वती शाहले महानगरपालिकामा व्यापक अनियमितता भएको बताएकी छिन् ।मंगलबार काठमाडौमा पत्रकार सम्मेलन गर्दै उपप्रमुख शाहले महानगरपालिकालाई मेयर रेनु दाहालले एकलौटी ढंगले चलाउन खोजेकाले अनियमितता बढेको दाबी गरिन् ।

उनले मेयर दाहालमाथि १२ वटा आरोप समेत लगाएकी छन् । पत्रकार सम्मेलनमा उनले दुई वर्षसम्म पनि लेखा समिति गठन नगरेको, जिन्सी समिति गठन नगरेको, महत्त्वपूर्ण समितिहरु एकलौटी ढंगले गठन गरेको लगायतका आरोप लगाएकी छन् ।

पत्रकार सम्मेलनमा उपमेयर शाहले मेयरमा दाहाललाई जिताएर काँग्रेसले गल्ती गरेको पनि बताइन् ।स्थानीय तह निर्वाचनमा काँग्रेस–माओवादी गठबन्धनबाट दाहाल मेयरमा र शाह उपमेयरमा निर्वाचित भएका थिए ।

‘रेनुले कसरी चुनाव जित्नुभयो, राष्ट्रिय अन्तर्राष्ट्रिय जगतलाई थाहा छ तर अहिले गल्ती गरियो भन्ने लागेको छ,’ उप्रप्रमुख शाहले भनिन्,‘ उनले आफूलाई युवा संघ र अनेरास्ववियुका जिल्लास्तरीय नेताले धम्की दिएपनि मेयरले यसबारे वेवास्ता गरेको बताइन् ।

तर, उपमेयर शाहको आरोपमा सत्यता नभएको मेयर दाहालले बताइन् । मेयर दाहालले रातोपाटीसँग भनिन् ‘उहाँले लगाएका आरोपमा कुनै सत्यता छैन । यो आरोपका लागि मात्रै लगाइएको आरोप हो ।’

त्यस्तै मेयर दाहालले उपमेयर दाहाल कार्यालयमा नबस्ने, महानरमा कुनैपनि विषयमा छलफल नगर्ने, विकासका कामममा चासो नै नदिने बरु व्यक्तिगत सेवा सुविधामा अनावाश्यक दावी गर्ने र उल्टो पत्रकार सम्मेलन गर्ने कार्य निन्नदनीय भएको बताइन् ।

‘आरोपहरु झुटा हुन् । यि आरोपहरुलाई तथ्यपरक ढंगले प्रमाणित गर्न चेतावनी दिन चाहान्छु’ मेयर दाहालको चेतावनी छ । त्यस्तै उनले उपमेयर शाहलाई धम्की आएको विषयमा तत्कालै शाहसहित स्थानीय प्रहरी प्रशासनसहितको छलफलमा शाहले आफै माफि दिएको बताइन् ।

‘सामाजिक सञ्जालमा धम्की आउना साथ स्थानीय प्रशासनसँग छलफल गरेपछि उहाँ आफैले माफी दिइसकेको विषय अहिले उचाल्नु व्यवहारिक देखिँदैन’ मेयर दाहालले बताइन् ।यसअघि गत फागुन सात गतेपनि उपमेयर शाहले भरतपुरमै पक्रकार सम्मेलन गरेर आफ्ना धारण सार्वजनिक गरेको जनाएकी छन् ।

प्रकाशित मिति : फाल्गुन १४, २०७५ मंगलबार  ६ : ०७ बजे