Logo

समाचार

दोलखा र सिन्धुपाल्चोकमा एकैपटक परकम्पन



दोलखा र सिन्धुपाल्चोकमा परकम्प गएको छ । दोलखामा दिउँसो सवा ४ बजे ४ दशमलब ४ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यस्तै सिन्धुपाल्चोकमा दिउँसो ४ बजेर २० मिनेटमा ४ दशमलब १ रेक्टर स्केलको परकम्प गएको छ । यो, २०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको ७ दशमलब ८ रेक्टर स्केलको भूकम्पकै परकम्प भएको केन्द्रले जनाएको छ । गोरखा भूकम्पपछि अहिलेसम्म ५१३ पटकसम्म परकम्प गएको छ ।

प्रकाशित मिति : फाल्गुन १४, २०७५ मंगलबार  २ : ०५ बजे