Logo

प्रमुख समाचार

रविन्द्र अधिकारीको निधनप्रति योगेश किन उठाए यस्तो गम्भीर प्रस्न, अब के होला ?



आज फागुन १५ गते नेपालले एउटा ठुलो दुर्घटना व्यहोरेको दिन जुन दिनलाई नेपालको ठुलो दल नेकपाले सम्झिरहने दिन भएको छ । ताप्लेजुङमा भएको हेलिकप्टर दूर्घटनामा पर्यटनमन्त्री रविन्द्र अधिकारीको निधनप्रति गम्भीर आशंका व्यक्त गरेका छन् । बुधबार भएको दूर्घटनाप्रति आफ्नो आधिकारिक फेसबुक एकाउन्ट यो दूर्घटना प्रति गम्भीर आशंका व्यक्त गरेका हुन् ।

उनले भनेका छन् ‘भीआइपी उडानमा पाइलट सहित् ५ जनाभन्दा बढी पाथिभरामा उडान गर्न मिल्दैन भनेर केहीलाई सुकेटार वा ताप्लेजुङ् बजार मै झारेरमात्र पाथिभरा उडान गर्दै आएका छन् पाइलटहरुले । तर आज मौसम् खराब हुँदाहुदै ७ जनालाई लिएर किन उडान गरियो रु समयले उत्तर माग्छ ।’

पर्यटनमन्त्री रविन्द्र अधिकारी सहित एयर डायनेस्टिक हेलिकोप्टरमा सवार ७ जनाको मृत्यु भएको छ। ताप्लेजुङ जाने क्रममा पर्यटनमन्त्री अधिकारी सवार एयर डायनेस्टिक हेलिकोप्टर दूर्घटना भएको हो ।

हेलिकप्टरमा पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित आङछिरिङ शेर्पा अध्यक्ष यति एयरलाइन्स, वीरेन्द्रप्रसाद श्रेष्ठ उपमहानिर्देशक नेपाल नागरिक उड्ययन प्राधिकरण, अर्जुनकुमार घिमिरे मन्त्री अधिकारीका पिएसो, युवराज दाहाल प्रधानमन्त्री कार्यालयका सल्लाहकार, धुब्रदास भोछिभया इन्जिनियर नेपाल नागरिक उड्न प्राधिकरण र हेलिकप्टर क्याप्टेन प्रभाकर केसी रहेका थिए ।

ताप्लेजुङको पाथिभरा जाने क्रममा पर्यटनमन्त्री रविन्द्र अधिकारी सवार हेलिकोप्टर पाथिभरा मन्दिरको देब्रेपट्टिको भीरमा दूर्घटना भएको पुष्टि भएको छ । अहिले त्यहाँ झण्डै ४० जना जति स्थानीय र आधा दर्जन जति प्रहरी घटनास्थलमा पुगिसकेका छन् ।

प्रकाशित मिति : फाल्गुन १५, २०७५ बुधबार  ४ : ०४ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।