Logo

समाचार

म्याराडोनाको निधनमा तीन दिने राष्ट्रिय शोक घोषणा



अर्जेन्टिनाका राष्ट्रपतिको कार्यालयले म्याराडोनाको निधनमा तीन दिने राष्ट्रिय शोक घोषणा गरिने जनाएको छ ।

अर्जेन्टिनी फुटबल संघले म्याराडोनाको निधनप्रति सामाजिक संजाल ट्वीटर मार्फत गहिरो दुःख व्यक्त गरेको छ । सन् १९८६ विश्वकप फुटबलमा म्याराडोनाले इङल्यान्ड विरुद्धको फाइनल खेलमा टाउकाले बल हान्नेक्रममा बलले हातलाई छोएको थियो, तर त्यही हातले छोएर भएको गोल सदर भयो । त्यही कारण उनको त्यो गोल गर्ने हातलाई “ह्यान्ड अफ गड” भनिन्छ ।

अर्जेन्टिनाका राष्ट्रपति अल्फ्रेडो फर्नान्डेजले म्याराडोनाले अर्जेन्टिनालाई विश्वभर चिनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै म्याराडोनाले अर्जेन्टिनीलाई अति खुशी तुल्याउन अतुलनीय योगदान गरेको बताएको छ । लागूऔषध सेवनको कूलतमा फसेका कारण ठूलो मानसिक, सामाजिक क्षति व्यहोर्नु परे पनि आफ्नो जीवनकालमा म्याराडोनाले धेरै पदक र पुरस्कार प्राप्त गरेको हुन्छ । 

प्रकाशित मिति : ११ मंसिर २०७७, बिहिबार  ११ : १३ बजे