Logo

राजनीति

कांग्रेसलाई नयाँ उचाईमा लिन गम्भीर हुन आवश्यक : पौडेल



नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई नयाँ उचाईमा लैजानका लागी सबै नेताहरु गम्भीर हुनुपर्ने बेला आएको बताएका छन् ।

नेपाली कांग्रेसका संस्थापक नेता सुवर्णशमशेर राणाको १०९औं जन्मजयन्तीको अवसरमा शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा उहाले पार्टीको संस्थागत विकासका लागि सत्ता र लालच दुवै त्याग्नुपर्ने समेत बताए ।

उहाले संस्थापक नेताहरुको सपना साकार पार्नका लागी पनि पार्टीलाई बलियो बनाएर अघि बढ्नुपर्ने जिकिर गरे । पौडेलले सुवर्णशमशेर त्याग, तपस्या र प्रतिष्ठाका प्रर्याय व्यक्तित्व भएको धारणा पनि राखे । उनले समाजवादी प्रतिष्ठालाई कायम राख्नका लागी सुवर्णशमशेरले खेल्नुभएको भूमिकाको चर्चा गरे ।

कार्यक्रमम अन्य नेताहरुले पछिल्लो समय कांग्रेसमा भिन्न विचार राख्नसक्ने व्यक्तित्वको अभाव देखिन थालेको बताएका थिए । सुवर्ण सम्शेर राणा नेपालका एक बरिष्ठ राजनीतिज्ञ थिए । उनी २०१५ सालमा १ वर्ष नेपालको प्रधानमन्त्री बनेका थिए भने राणा परिवारमा जन्मेर पनि उनी राणा शासन विरूद्धको आन्दोलनमा व्यापक रूपमा लागेका थिए ।

प्रकाशित मिति : फाल्गुन १८, २०७५ शनिबार  १२ : ०० बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।