Logo

शेयर बजार

पिपुल्स पावरले आईपिओ बिक्रि प्रबन्धकमा प्रभु क्यापिटल 



पिपुल्स पावर लिमिटेडले निष्काशन गर्न लागेको आईपीओको लागि प्रभु क्यापिटल लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । 
सोही विषयमा आज दुई कम्पनीबीच सम्झौता भएको हो । सम्झौतामा पिपुल्स पावर लिमिटेडका तर्फबाट सञ्चालक सन्तोष राज नेपाल तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेकाछन ।

पिपुल्स पावर लिमिटेडले इलाम जिल्लाको इलाम नगरपालिकामा अवस्थित पुवाखोलामा ४.९६ मेगावाटको आयोजना निर्माण गरिरहेको छ । यो आयोजनाको भौतिक प्रगति ८० प्रतिशत सम्पन्न भइसकेको छ ।

 

प्रकाशित मिति : ११ मंसिर २०७७, बिहिबार  १ : ५७ बजे