कारोबारको अन्तिम दिन आज सेयर बजारले ऐतिहासिक रेकर्ड कायम गरेको छ । बिहीबारको कारोबारमा इन्डेक्स, कारोबार रकम र सेयर कित्तामा समेत नयाँ रेकर्ड बनेको हो ।
यो दिन नेप्से १९२६.९२ उच्चतम बिन्दुमा पुगेर पुन १८९३ दशमलव २४ बिन्दूमा झरेको हो । नेप्सेले यसअघि २०७३ साउन १२ गते बुधबारको उच्च अंक १८८१ अंकलाई आज ब्रेक गरेको हो ।
यो दिन २०१ कम्पनीको १ करोड ७१ लाख ८८ हजार ९९ कित्ता सेयर ७ अर्ब ६१ करोड ३० लाख ३० हजार ९१ रुपैयाँको कारोबार भएको छ ।
आज सेयर लगानीकर्ता बैंकतर्फ लागेका छन् । जसले पनि बजारलाई बुल हुन सहयोग गरेको छ । बैंकिङ समूहको उपसूचक ३७.७६, अन्य समूहको उपसूचक १५.३६ अंकले बढेको छ । बाँकी विकास बैंक, जीवन तथा निर्जीबन, माइक्रोफाइनान्स समूहको उपसूचकमा गिरावट आएको छ ।
कारोबार रकमको आधारमा नेपाल पुनर्बीमा कम्पनी रहेको कम्पनीको ५८ करोड १३ लाख १७ हजार १७८ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा नबिल बैंक र शिवम् सिमेन्ट रहेका छन् ।
प्रतिक्रिया