नेपाल स्टक एक्सचेन्ज (नेप्से) इन्डेक्स इतिहासकै सर्वाधिक उच्च विन्दुमा पुगेकाे छ । विहिबार सेयरबजार खुलेकाे पहिलाे मिनेटमै सेयरबजार १८९० माथी पुगेकाे थियाे । पछिल्लाे समय सेयरबजारमा काराेबार रकम हालसम्मकै उच्च अर्थात ६ अर्व माथी पुगेकाे थियाे । सेयर बजार ले अल टाइम हाइ पछ्याउँदै नेप्से उच्च विन्दुमा पुगेकाे हाे ।
बिहिबार सेयर बजार खुलेकाे १२ बजेर १३ मिनेट १ सेकेण्डमा नेप्से इन्डेक्स १९ सय २६ दशमलव ९२ विन्दुमा पुग्याे । याे अंक नेपालकाे सेयर बजारमा हालसम्मको उच्च विन्दु हाे । बुधबार नेप्से इन्डेक्स ३.५७ प्रतिशत अर्थात ६४.७० अंकले बढेर १८७४.८१ विन्दुमा पुगेर रोकिएको थियाे ।
यस अघि २०७३ साउन ११ गते नेप्से १८६६.५० विन्दुमा पुगेको थियो। २०७३ साउन १३ गते १८७७.९३ विन्दु र २०७३ साउन १२ गते अहिलेसम्मकै सबैभन्दा उच्च विन्दु १८८१.४५ विन्दुमा बन्द भएकाे थियो। यही विन्दु उछिन्दै विहिबार नेप्से सूचक बुधबार १९१५.३९ विन्दुमा पुगको हाे ।
प्रतिक्रिया