Logo

सिरहामा आज साँझ बसले मोटरसइकललाई ठक्कर दिँदा दुईको मृत्यु



सिरहा–चोहर्वा सडकखण्डअन्तर्गत सिरहा नगरपालिका–१० पदमपुरमा आज साँझ बसले मोटरसइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुईको मृत्यु भएको छ ।

सिरहाबाट चोहर्वातर्फ जाँदै गरेको ना५ख ५५१८ नंको माँ शेरावाली बसले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश २–०१००१–प १२५९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सिरहा नगरपालिका–११ भलुवाही निवासी २५ वर्षीय देवनारायण कामती र २६ वर्षीय अरुणकुमार कामतीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते दुवै जनालाई उपचारका लागि सिरहा अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । दुवै सवारी नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : मंसिर ११, २०७७ बिहीबार  ९ : ४१ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।