Logo

भारत बिरुद्द अस्ट्रेलिया ब्याटिङ गर्दै



निर्मल लामिछाने।

 आजबाट सुरु भएको ३ ओडिआई खेलको सिरिज अन्तर्गत पहिलो खेलमा सिड्नी क्रिकेट मैदानमा भारतविरुद्ध अष्ट्रेलियाले टस जितेर पहिला ब्याटिङ गरिरहेको छ ।

हाल यो समाचार तयार पार्दासम्म घरेलु टोलिले ९ ओभरमा बिना विकेटको क्षतिमा ४९  रन  बनाएको छ भने, ओपनर आरोन फिंच २८ रन र डेभिड वार्नर १९ रनमा अविजित रहेका छन् ।

हालसम्म अष्ट्रेलिया र भारतबीच १ सय ४० पटक ओडीआई खेल भएको छ जसमा अष्ट्रेलिया ७८ खेलमा विजयी हुँदा ५२ खेलमा पराजित भएको छ । १० खेल भने नतिजा बिहिन छ ।

भारतको टिममा :

शिखर धवन, मयंक अग्रवाल, विराट कोहली (कप्तान), श्रेयस ऐर, लोकेश राहुल (विकेटकिपर), हार्दिक पान्ड्या, रविन्द्र जडेजा, मोहम्मद शामी, युजभेन्द्र चहल, जस्प्रित बुमराह र नवदीप सैनी

अष्ट्रेलियाको टिममा :

आरोन फिन्च (कप्तान), डेभिड वार्नर, स्टिभ स्मिथ, मार्कस स्टोइनिस, मार्नस लाबुसेन, ग्लेन म्याक्सवेल, एलेक्स केरी (विकेटकिपर), प्याट कमिन्स, मिचेल स्टार्क, एडम जाम्पा र जोश हेजलवुड

प्रकाशित मिति : मंसिर १२, २०७७ शुक्रबार  १० : १९ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।