निर्मल लामिछाने।
सम्झनामा फिलिप हियुज ।
२०१४ नोभेम्बर २७ आज भन्दा ठिक ६ बर्ष पहिले विश्व क्रिकेटमा कालो दिन ।
शेफिल्ट शिल्ड ट्रफी खेलमा दक्षिण अष्ट्रेलियाका लागि खेलिरहेका फिलिप हियुज आजकै दिन न्यु साउथ वेल्सका तीब्र गतिका बलर सीन एबटको बाउन्सर हक गर्ने प्रयासमा नराम्ररी घाइते भएका थिए । उक्त बलले उनको टाउकोमा रहेको हेलमेटको मुनि लागेको थियो । बल लागेपछि उनी निराश भए र केही झुकेका थिए, तर केहि क्षणमा उनी मैदानमै बेहोश भए र पीचमा लडे । उनको चोट यति गम्भीर थियो कि खेल त्यहाँ रोकियो । घाइते भएका उनलाई अस्पतालमा भर्ना गरिएको र अन्त्यमा उनको निधन भएको थियो ।
हियुजले अस्ट्रेलियाबाट खेल्ने क्रममा २६ टेस्ट, २५ वान डे खेलेका थिए ।
प्रतिक्रिया