Logo

युरोपा लिगमा इटालियन क्लब रोमा र नापोलीको जित



एजेन्सी – युइएफए युरोपा लिगमा इटालियन क्लब रोमा र नापोलीले जित दर्ता गरेको छ । 

इटालियन क्लब रोमाले रोमानियन क्लब सिएफआर क्लज तथा नेपोलीले क्रोएसियन क्लब रिजेका माथि समान २–० को जित हासिल गरको छ ।

यो जितसँगै समूह ‘ए’ मा रोमा चार खेलबाट १० अंक जोडेर शीर्षस्थानमा रहेको छ भने पराजित सिएफआर ४ अंकसहित तेस्रो स्थानमा रहेको छ । यही समूहको अर्काे खेलमा योङ ब्वाइजले पिइसी सिएसकेए सोफियालाई १–० ले हराएको छ । योङ ब्वाइजको ७ तथा सोफियाको १ अंक छ ।

यस्तै अर्काे खेलमा नापोलीको जितमा माटियो पोलिटानो र हिर्भिङ लोजानोले गोल गरे । जितसँगै समूह ‘एफ’ मा नेपोली ९ अंक जोडेर शीर्षस्थानमा रहेको छ । रेजेकाले अंकको खाता खोल्न सकेको छैन ।

 

प्रकाशित मिति : १२ मंसिर २०७७, शुक्रबार  १० : ४६ बजे