Logo

जेमी भार्डीले इन्ज्युरी समयमा गोल गरेपछि लेस्टर हारबाट जोगियो



एजेन्सी – खेलमा तीनपटक पछि परेको अवस्थामा इंग्लिस क्लब लेस्टर सिटीका जेमी भार्डीले इन्ज्युरी समयमा गोल गरेपछि इंग्लिस क्लब लेस्टर सिटी युइएफए युरोपा लिगको समूह चरणको चौथो खेलमा पोर्चुगिज क्लब ब्रागासँगको हारबाट जोगिएको छ ।

बिहीबार राति भएको निकै प्रतिस्पर्धात्मक खेल ३–३ गोलको बराबरी सकिएको हो । घरेलुटोलीले खेलको चौथो मिनेटमा नै अल मुसरातीको गोलबाट अग्रता लिएको थियो । नवौं मिनेटमा लेस्टरका हार्वे बार्नेसले बराबरी गोल फर्काएका थिए ।

२४औं मिनेटमा पाउलिन्होले रिकार्डाे होर्टाको पासमा गोल गर्दै ब्रागालाई पुनः २–१ को अग्रता दिलाए । २६औं मिनेटमा ब्रागाका गोलरक्षक म्याथुयसले सेङ्गिज अन्डरको प्रहारलाई उत्कृष्ट बचाउ गर्दै लेस्टरको बराबरी गरे । 

त्यस्तै दोस्रो हाफको ६८औं मिनेटमा लेस्टरका गोलरक्षक कास्परले पाउलिन्होको प्रहारलाई विफल पारे । ७५औं मिनेटमा लेस्टरका जोनी इभान्सले अवसर पाएपनि सदुपयोग गर्न सकेनन् । ७८औं मिनेटमा लुकी थोमसले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए ।

९०औं मिनेटमा फ्रानसर्जियोले गोल गर्दै ब्रागालाई पुनः ३–२ को अग्रता दिलाए । तर, इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा जेमी भार्डीले मार्क अलब्राइटनको पासमा गोल गर्दै लेस्टरलाई हारबाट जोगाए ।

बराबरीले समूह ‘जी’ मा लेस्टर ४ खेलबाट १० अंक जोडेर शीर्षस्थानमा रहँदा ब्रागा ७ अंकसहति दोस्रो स्थानमा रहेको छ । एइके एथेन्स र जोर्याको समान ३ अंक छ ।

प्रकाशित मिति : मंसिर १२, २०७७ शुक्रबार  १० : ५३ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।