Logo

प्रमुख समाचार

राजनीतिक शक्तिलाई प्रतिबन्ध, देश द्रोहीलाई सम्मान कस्तो नियत हो सरकार ? : नेता शाह



नेपाल विद्यार्थी संघका पूर्व उपाध्यक्ष ऋषिकेश जंग शाहले नेपाल कम्युनिस्ट पार्टीका महासचिव (बिप्लब)बाट संचालनमा रहेको  नेकपालाई  प्रतिबन्ध लगाउने निर्णय प्रती असन्तुष्टि जनाएका छन्।

शाहले राजनीतिक शक्तिलाई प्रतिबन्ध लगाउने र देश टुक्र्याउछु भन्नेलाई सम्मान गर्ने यो सरकारको कस्तो नियत हो भनेर प्रश्न पनि गरेका छन। उपाध्यक्ष शाहले मंगलबार सामाजिक संजाल फेसबुक मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै अब देशले अर्को द्वन्द्वलाई थेग्न नसक्ने समेत उल्लेख गरेका छन्।

अहिले नेकपाको सरकारले राष्ट्र बिखन्डनमा लागेका सिके राउतलाई राजसी सम्मान दिने र राजनैतिक शक्ति बिप्लबलाई अपराधी देख्ने मानसिकता न्यायोचित नहुने पनि जिकिर गरेका छन।

शाहले बिप्लब माओवादीलाई बार्ताबाट समस्याको समाधान खोज्न पनि सरकार सँग आग्रह गरेका छन। शाहले भनेका छन यो देशका राजनीतिक दलहरू, बुद्धिजीबी, नागरिक समाज, मानवाधिकारबादी र संचार माध्यमहरू समेतले यो बिषयमा गंभीर चासो र पहलक़दमि लीन आबस्यक छ भनेका छन्।

प्रकाशित मिति : २८ फाल्गुन २०७५, मंगलवार १६:०२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।