Logo

प्रमुख समाचार

कहाँ बाट ल्याए विप्लवले हतियार, मन्त्री खनालले गरे यस्तो खुलासा



कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रमाणि खनाल ‘बलदेव’ले तत्कालिन लडाकु शिविरबाट नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले हतियार लिएर बाहिरिएको खुलासा गरेका छन्। तत्वकालिन माओवादीका पूर्व डेपुटी कमाण्डर समेत रहेका मन्त्री खनालले तत्कालिन छ वटै डिभिजन कार्यालय र १८ वटा सहायक शिविरहरुबाट विप्लव समूहले हतियार लिएर बाहिरिएको बताए।

मन्त्री खनालले विप्लव समूहले तत्कालिन लडाकु शिविरहरुबाट कति हतियार लिएर बाहिरिएको थियो भन्ने बारेमा खुलाएनन्। ‘मेरै नेतृत्वमा सेना समोजनको काम भइरहेको थियो, हामी नेपाली सेनासँग सहकार्य गरेर जानुपर्छ भन्ने पक्षमा थियौं’ उनले भने, ‘त्यहीँ बेला उहाँहरु हतियार लिएर बाहिरिनु भएको हो।’ उनले विप्लव समूहले अस्थायी शिविरहरुबाट हतियार लिनेक्रममा आगजनीसमेत रहेको दावी गरे।

बुधबार वीरेन्द्रनगरमा भएको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री खनालले विप्लव समूहले हिंसात्मक गतिविधि बढाएकाले प्रतिवन्ध लगाउनु परेको बताए। ‘हामी देशलाई समृद्धिको मार्गमा डोर्‍याउने अभियानमा छौं, विप्लव समूहले त्यसलाई रोक्न खोज्यो’ उनले भने, ‘त्यसैले उसमाथि प्रतिवन्ध लगाइएको हो।’

उनले संविधानमा राजनीतिक दललाई प्रतिवद्ध लगाउने व्यवस्था नभएपनि वम विस्फोट गराउने, जनप्रतिनिधिलाई धम्की दिएर चन्दा असुली गर्नेलाई राजनीतिक दल मान्न नसकिने बताए।

प्रकाशित मिति : फाल्गुन २९, २०७५ बुधबार  ५ : ३१ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।