Logo

प्रमुख समाचार

विप्लव समूहले राजनीति गरेको छैन – विष्णु रिमाल



प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले नेत्र विक्रम चन्द विप्लव समूहले राजनीति नगरेको जनाएका छन् ।
हत्या, हिंसा र लुट मच्याएर राजनीति नगरिने भन्दै रिमालले विप्लवको समूहलाई यही कारण नै प्रतिवन्ध लगाउनु परेको बताए ।

उनले राजनीति गर्छु भनेका खण्डमा फेरि प्रतिवन्ध हटाउने बताए । आतंक, हत्या र हिंसा प्रशासनबाट नै तह लगाइने भन्दै विप्लवको गतिविधि रोकिने रिमालले स्पष्ट पारे । उनले प्रशासनिक निकायबाट चल्ने भएकाले सुरक्षाकर्मीसंगै नेपाली सेना पनि प्रयोग हुन सक्ने बताए ।

ब्यापारीहरुलाई चन्दा नदिन आग्रह गर्दै उनले मैले पैसा दिन्न भनेर भन्न सक्न पर्यो भनेका छन् । ब्यापारीले सरकारसंग सुरक्षा मागे दिने समेत उनले बताए । उनले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र छलफल गरेरै प्रतिवन्ध लगाइएको भन्दै यसबारेमा नेताहरुले बाहिर जेपायो त्यही बोल्दा आफ्नै बोली काटेजस्तो हुने बताए ।

विप्लवको पार्टी नेपाल कम्युनिष्ट पार्टीलाई प्रतिवन्ध लगाएको बारेमा प्रधानमन्त्री केपी शर्मा ओलीको पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रै चर्को आलोचना भइरहेको छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०७५, बिहीबार ०४:०५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।