यतिखेर सबैको मनमा एउटै प्रश्नः विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध किन लगाउने ? स्वयं नेकपाभित्र नै विप्लप नेतृत्वको नेकपालाई प्रतिबन्ध लाउने कि नलाउने भन्ने विषयमा सरकारी निर्णयको विरोध गरिरहेका बेला कांग्रेसका प्रभावशाली नेता गगन थापा भने उनलाई कायरताको संज्ञा दिनमा व्यस्त देखिन्छन् ।

नेता थापाले सामाजिक संजालमार्फत आफ्ना टुईटहरुमा भनेका छन्ः व्यक्तिहत्यामा आधारित राजनीति क्रान्तिकारिता नभई कायरता हो । उनले वार्ताको ढोका बन्द नगरी आतंकका विरुद्ध सरकारले संविधानको दायरामा रहेर गर्ने नियन्त्रणको समर्थन पनि गरेका छन् । नेता थापाले विप्लव नेतृत्वको नेकपाका गतिविधि बन्देज लगाउने सरकारको निर्णयले स्वयं गृहमन्त्री रामबहादुर थापाका हकमा पनि अर्को अर्थपूर्र्ण सन्दर्भतिर संकेत गरेका छन्। सामाजिक संजालकै ट्विटमा उनले लेखेका छन्, ‘हिजो क्रान्तिका नाममा बादल ले जे गरे त्यो पनि कायरतापूर्ण कृत्य नै रहेछ भन्ने रामबहादुर थापाले अब त स्वीकार्नु होला कि’ ।




















प्रतिक्रिया