Logo

प्रमुख समाचार

नेता केसी भन्छन्, “नेपाले गाउँ–गाउँमा सिंहदरबार पुग्यो भन्छ तर भ्रष्टाचार पुर्यायो !”



संसदको प्रमुख प्रतिपक्षमा रहेको दल नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले सङ्घीयताको मर्मअनुरुप सिंहदरबारका अधिकार गाउँसम्म पुग्नुपर्नेमा नेकपाले भ्रष्टाचार पुर्याएको आरोप लगाएका छन् । नेपाली काङ्ग्रेस कास्कीद्वारा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले वाइडबडी, फोर ‘जी’ लगायतमा आर्थिक अनियमितता भएको र त्यसको स्वतन्त्र छानबिन हुनुपर्ने धारणा राखे ।

उनले काङ्ग्रेसले भ्रष्टाचारीलाई नबोक्ने बताए । संसद्मा संसदीय समिति शक्तिशाली हुने चर्चा गर्दै उनले समितिले छानबिन गरिरहेका अवस्थामा सरकारबाट न्यायिक समिति बनाइनु जायज नभएको धारणा राखे ।

नीतिगत त्रुटी, नेतृत्वगत कमजोरी लगायतका कारणबाट नेपाली काङ्ग्रेस कमजोर बनेको उल्लेख गर्दै नेता केसीले एकआपसमा दोषारोपणभन्दा पनि सुधारवादी आन्दोलन आवश्यक छ भने । पार्टी व्यक्तिबाट नभइ विधिबाट चल्नुपर्ने र कार्यकर्ताले पनि विवेकलाई बन्दी बनाउन नहुनेमा उनको जोड छ ।

प्रकाशित मिति : १ चैत्र २०७५, शुक्रबार १८:३७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।