Logo

समाचार

महालक्ष्मी लाईफ इन्स्योरेन्सको ३५ जिल्लामा तालिम तथा अन्तरक्रिया सम्पन्न



महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले कारोवार सञ्चालनको १ महिनाभित्र ३५ जिल्लामा बीमाजागरण, अन्तरक्रिया तथा तालिम सञ्चालनगर्न सफलभएको छ ।

२०७५ माघ २७गतेबाट कारोवार सञ्चालन गरेको नेपालको १९ औं जीवनबीमाकम्पनीले सातै प्रदेशका ३५ जिल्लामा७५ वटा कार्यक्रम सञ्चालन गरेको छ ।

प्रदेश १ को ४ वटा जिल्ला, प्रदेश २ को ७ वटा जिल्ला, प्रदेश ३ को १० वटा जिल्ला, प्रदेश ४ को ५ वटा जिल्ला, प्रदेश ५ को ५ वटा जिल्ला, प्रदेश ६ को २ वटा जिल्ला र प्रदेश ७को २ वटा जिल्लामा अभिकर्ता तालिम तथा बीमाजागरण कार्यक्रम सञ्चालन भएको छ ।

जीवन बीमाव्यवसायको लागि अभिकर्ता नियुक्ति अनिवार्य भएको तथाकम्पनीको बीमा योजना सम्बन्धी जानकारी, कम्पनीको रणनीति र कार्यक्रम आम जनता समज्ञ पु¥याउनआवश्यकभएकोले पनितालिम र जनजागरण अभियान सञ्चालन गरिएको हो ।

एक महिनाको यो कार्यक्रममाहाल सम्म ६,३०० भन्दा बढी व्यक्तिले सहभागिताजनाएका छन् । कम्पनीले २०७५ चैत्र मसान्त सम्मअधिराज्यभरी अभिकर्ता तालिम र बीमाजागरण अभियानलाई निरन्तरतादिने र त्यस पछि बीमाव्यवसाय प्रभावकारी रुपमा सञ्चालनगर्ने कार्यक्रमबनाएको छ ।

कम्पनीले बीमा समितिबाट स्वीकृतिलिएको सातै प्रदेशको १३ वटा शाखातथाउपशाखातथाउपत्यकाभित्रको १० वटा शाखाआउँदो चैत्र मसान्तभित्र सञ्चालनगरिसक्ने तैयारी गरिरेहको समेत जानकारी गराउन चाहन्छौं ।

प्रकाशित मिति : २ चैत्र २०७५, शनिबार ११:३६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।