Logo

आगलागीबाट धनमाल जलेर नष्ट



मुगु, खत्याड गाउँपालिका-३ रोल बस्ने सुनकौरा सिंह लगायत ३ जनाको घरमा बिहीबार दिउँसो आगलागी हुँदा ३ वटा घर र अन्य सरसामान गरी करिब २० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

तेह्रथुम, आठराई गाउँपालिका-५ छातेढुङगा बस्ने देउध्वज राईको घरमा बिहीबार दिउँसो आगलागी हुँदा अन्नपात, लत्ताकपडा र भाडावर्तन लगायत जलेर करिब १५ लाख रुपैयाँ बराबरको धनमाल भएको नष्ट भएको छ ।

महोत्तरी, लोहारपट्टी नगरपालिका-५ बस्ने चन्देश्वर ठाकुरको घर गोठमा बिहीबार राति आगलागी हुँदा लत्ताकपडा, भाँडावर्तन, काठ लगायतका सरसामान जलेर करिब २ लाख ६२ हजार रुपैयाँ बराबरको धनमाल जलेर  नष्ट भएको छ ।

स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १२ मंसिर २०७७, शुक्रबार  १ : ५४ बजे