Logo

प्रमुख समाचार

बस दुर्घटनामा एक जनाकाे मृत्यु, ३५ घाइते



दाङमा सोमबार दिउँसो भएको बस दुर्घटनामा परि एक जनाको मृत्यु गएको छ । ३५ जना घाइते भएका छन् ।

दाङ-घोराही-होलेरी सडकखण्डको घोराही उपमहानगरपालिका वडा नम्बर-१३ बाह्रकुने दहको मौलाकोट जाने चोकनजिक रोल्पा बागमाराबाट घोराही आउँदै गरेको बस दुर्घटना हुँदा सहचालक रोल्पा रुन्टीगढी-७, का २२ वर्षीय हर्कबहादुर पुनको ज्यान गएको हो ।

ना ४ ख ६०९४ नम्बरको बस तीव्र गतिमा रहेको र जीपलाई ओभरटेक गर्दा दुर्घटना भएको यात्रु दिपक बिकले जानकारी दिनुभयो । बस सडक छेउमा रहेको कल्भटमा ठोकिएर आएको दिशातर्फ फर्किएको छ । दुर्घटनामा अहिलेसम्म ३२ जना यात्रु घाइते भएको नामावली आएको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते रोल्पा माडी गाउँपालिका ३ का ६७ वर्षीय ईन्द्रबहादुर घर्तीमगर, जौलेपोखरी गाउँपालिकाका ५५ वर्षीय सम्पुरा डागी र तुलसीपुर उपमहानगरपालिका ९ का ४५ वर्षीया रथा घर्तीलाई घोराहीमा प्रारम्भिक उपचार पछि थप उपचारका लागि कोहलपुर पठाईएको छ । अन्य घाइतेहरुको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भैरहेको छ ।

प्रकाशित मिति : ४ चैत्र २०७५, सोमबार १४:१४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।