Logo

प्रमुख समाचार

हतियार नबिसाएसम्म सरकारले विप्लव समूहसँग वार्ता नगर्ने



सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले हतियार नविसाएसम्म वार्ता नगर्ने भएको छ ।

मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले विप्लव समूहले हतियार विसाएपछि मात्र वार्ता हुने बताए ।

सम्वादका निम्ति सरकार तयार रहेको उनले जानकारी दिए ।हिंसात्मक गतिविधि गरेको भन्दै सरकारले २८ फागुनमा विप्लव समूहमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

प्रकाशित मिति : ७ चैत्र २०७५, बिहीबार १६:१३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।