Logo

महान् खेलाडी डिएगो म्याराडोनालाई भब्य समारोह गरेर अन्त्येष्टि



फुटबलका महान खेलाडी डिएगो म्याराडोनालाई एउटा निजी समारोह गरेर अन्त्येष्टि गरिएको छ ।

अर्जेन्टिनाको राजधानी ब्युनस एरिजमा दिनभरि उनीप्रति भावपूर्ण श्रद्धाञ्जली प्रकट गरिएको थियो । बिहीवार गरिएको निजी समारोहमा भने केवल दुई दर्जन जति उनका निकट मित्र तथा आफन्तमात्र सहभागी भएका थिए ।

बुधवार ६० वर्षको उमेरमा हृदयाघातका कारण उनको निधन भएको थियो । उनको निधनमा विश्वभरि नै शोक प्रकट गरिएको थियो । तर सबभन्दा धेरै शोक उनको देश आर्जेन्टिनामा परेको छ जहाँ उनलाई राष्ट्रिय विभूति मानिन्छ ।

उनको शवपेटिकालाई अर्जेन्टिनाको राष्ट्रिय झण्डा तथा उनको चर्चित १० नम्बरको जर्सीले बेरिएको थियो । त्यसलाई राष्ट्रपति भवनमा सार्वजनिक सम्मानका निम्ति राखिएको थियो ।

 

 

 

 

प्रकाशित मिति : मंसिर १२, २०७७ शुक्रबार  ४ : २४ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।