Logo

न्युजिल्यान्डद्वारा वेस्टइन्डिज  ५ विकेटले पराजित



निर्मल लामिछाने। 

न्युजिल्यान्डले वेस्टइन्डिजसँगको पहिलो टि ट्वान्टी खेलमा सानदार जित निकालेको छ । शुक्रबार दिउँसो सम्पन्न खेलमा न्युजिल्यान्डले वेस्टइन्डिजलाई  ५ विकेटले पराजित गर्दै तीन टि ट्वान्टी आई खेलको सिरिजमा १–० को अग्रता बनाएको छ ।

बर्षाले प्रभावित भएर निर्धारित २० ओभरको खेल हुन नसकेपछि खेल १६ ओभरमा छोट्याइएको थियो जस अन्तर्गत १ सय ७६ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले १५.२ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्यो । न्युजिल्यान्डको जितमा अलराउन्डर जेम्स निसम २४ बलमा ५ चौका र ३ छक्का सहित ४८ रनमा अविजित रहे भने मिचेल सान्टनर १८ बलमा ३ छक्का सहित ३१ रनमा अविजित रहे 

अनुभवी ब्याट्सम्यान रस टेलर शून्यमा रन आउट हुँदा न्युजिल्यान्ड ६.३ ओभरमा ६३–४ को खराब अवस्थामा पुगेको थियो । पाँचौ विकेट लागि निसम र डेब्यूम्यान डेभन कन्वेले ७७ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । 

वेस्टइन्डिजका ओशेन थोमसले ३ ओभरमा २३ रन खर्चेर २ विकेट लिए । शेल्डन कटरेल र काइरन पोलार्डको नाममा एक एक विकेट रह्यो ।

प्रतियोगिता अन्तर्गत दोस्रो टि ट्वान्टी खेल आउँदो आइतबार हुने छ ।

प्रकाशित मिति : मंसिर १२, २०७७ शुक्रबार  ४ : ५३ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।