Logo

बलिउडका चर्चित जोडी सलमान र कैटरीनाको प्रेम यसकारण अधुरै रह्यो



बलिउडका सुपरस्टार सलमान खान र कैटरीना कैफ कुनै समय बलिउडका चर्चित जोडी थिए । कैजाद गुस्तादको फिल्म ‘बुम’ बाट बलिउड प्रवेश गरेकी कैफको पहिलो फिल्म भने ‘मैंने प्यार क्यों किया’ लाई मानिन्छ । उक्त फिल्ममा उनीसँगै देखिएका सलमान खानको जोडी पनि निकै चर्चामा आयो । त्यसपछि उनीहरुले एकसाथ ‘पार्टनर’, ‘युवराज’, ‘एक था टाइगर’ जस्ता फिल्ममा काम गरे । 

सलमानले कैफको करियरलाई उचाईमा पुर्याउँन निकै मद्दत गरे । उनीहरु एकसाथ ५ वर्ष सम्बन्धमा रहे । तर, मिडिया रिपोर्टका अनुसार सलमानको रिसाहा, पोजेसिव बानीका कारण कैफ दिक्क भएकी थिइन् । यसैबीच, ‘राजनीति’ को शुटिङको सिलसिलामा उनले रणवीर कपूरलाई भेटिन् । उक्त समय कपूर दीपिका पादुकोणसँग सम्बन्धमा थिए । तर, कैटरिनासँग सम्बन्ध बढाउन रणवीरले दीपिकालाई धोका दिए । 

त्यसपछि, कैटरिनाको सम्बन्ध रणवीर कपूरसँग गाँसियो र सलमान खानसँग दुरी बढ्यो । रणवीरसँगको नजिकपनले सलमानसँग टाढिइन् कैटरिना । सम्बन्ध सकिएपछि पनि सलमान र कैफ एक अर्कासँग आरोप प्रत्यारोपमा उत्रिएनन् । उनीहरु अहिले पनि एक अर्कालाई सम्मानका साथ भेटघाट गर्ने गर्छन् । 

 

 
 

प्रकाशित मिति : मंसिर १३, २०७७ शनिबार  १० : २८ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।