Logo

अस्ट्रेलियाले भारत बिरुद्द पहिले ब्याटिङ गर्दै



सिड्नी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको अस्ट्रेलियाले अहिले भइरहेको दोस्रो खेलमा १२ ओभरको खेल सकिदा अस्ट्रेलियाले  ७८ रन बनाएको छ । अष्ट्रेलियाका लागि ओपनर कप्तान आरोन फिन्च र डेभिड वार्नरले खेलिरहेका छन् ।

अष्ट्रेलियाले पहिलो खेलमा घाइते भएका अलराउन्डर मार्कस स्टोइनिसको स्थानमा मोइसेस हेनरिक्सलाई मौका दिएको छ भने भारतले टोलीमा कुनै परिवर्तन गरेको छैन । 

पहिलो खेलमा अष्ट्रेलिया ६६ रनले विजयी भएको थियो । आजको खेलमा विजयी भएमा अष्ट्रेलियाले सिरिज एक खेल अगावै जित्ने छ । भारतलाई आजको खेल जित्नै पर्ने दबाब छ ।

भारतको टिम : शिखर धवन, मयंक अग्रवाल, विराट कोहली (कप्तान), श्रेयस ऐर, लोकेश राहुल (विकेटकिपर), हार्दिक पान्ड्या, रविन्द्र जडेजा, मोहम्मद शामी, युजभेन्द्र चहल, जस्प्रित बुमराह र नवदीप सैनी

अष्ट्रेलिया टिम  : आरोन फिन्च (कप्तान), डेभिड वार्नर, स्टिभ स्मिथ, मोइसेस हेनरिक्स, मार्नस लाबुसेन, ग्लेन म्याक्सवेल, एलेक्स केरी (विकेटकिपर), प्याट कमिन्स, मिचेल स्टार्क, एडम जाम्पा र जोश हेजलवुड

प्रकाशित मिति : १४ मंसिर २०७७, आइतबार  १० : ३४ बजे