सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको २०७६ सालको क्यालेन्डर चैत्र १७ गते एक समारोहबिच बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठले बिमोचन गरेकाछन् ।
सो क्यालेन्डर भिजिट नेपाल २०२० को सन्दर्भमा सातवटा प्रदेशहरुमा रहेको पर्यटकिय स्थलहरुलाई समेटिएर तयार पारिएको बैंकले जानकारी दिएको छ । उक्त क्यालेन्डरमा नेपाल सरकारबाट स्विकृत बिदाहरु तथा चाडपर्वहरु समेत उल्लेख गरिएको छ ।
बैंकले काठमाडौं उपत्यकामा १३ शाखाहरु र छ वटा एक्स्टेन्सन काउन्टरहरु र उपत्यका बाहिर ९८ शाखाहरु र दुुई वटा एक्स्टेन्सन काउन्टरहरु साथै १३ वटा शाखारहित बैंकिङ्ग गरी जम्मा एक सय ३२ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।




















प्रतिक्रिया