आइतबार साँझ हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान तथा अवतरण प्रभावित भएका छन् ।हावाहुरीसँगै वर्षात भएपछि करिब पौने एक घण्टा विमानस्थका आन्तरिक तथा वाह्य उडान प्रभावित भएका थिए ।
अवतरण हुन नसक्दा चीनको ग्वानझाउबाट आएको चाइना साउदर्न र फ्लाइ दुबई लखनउ डाइभर्ट भएको छ । यस्तै दोहाबाट काठमाडौं आइरहेको कतार एअरवेजको जहाज कोलकाता डाइभर्ट भएको विमानस्थल व्यवस्थापनले जनाएको छ ।




















प्रतिक्रिया