Logo

प्रमुख समाचार

भत्काउने सडकमा प्रधानमन्त्री हिँड्ने भएपछि डेढ करोड खर्च गर्दै केपी सरकार



नेपालीका लागि आईतबार साँझ दुःखद अध्यारो भैदियो । मध्यतराईका बारा र पर्सामा आँधीहुरीले बितण्डा मच्चाउँदा अहिलेसम्म ३१ जनाको मृत्यु भईसकेको छ । ५०० भन्दा बढी नागरिक घाईते भएको र भर्खरै मात्र उद्दारको काम थालिएकाले मृतक संख्या बढ्न सक्ने स्थानीय र प्रहरीले बताईरहेका छन ।

आँधीहुरीमा ठूलो मात्रामा जनधनको क्षति हुनुका पछाडी एउटै मात्र कारण देखियो : कमजोर संरचना । गरीबीका कारण कच्ची छाप्रो र अस्थायी टहरोमा बसिरहेका मानिसहरु नै बढी प्रताडित भए । जथाभावी खुलेका मापदण्डविपरितका ईटाभट्टाको चिम्नीलाई हावाले उडाउँदा मानवीय क्षति बढ्यो । सडक किनारामा जथाभावी तार टाँगेर विद्युत प्राधिकरणले ठड्याएको बिजुलीको खम्बा उसैगरि ढल्दा मानिसहरुले ज्यान गुमाए ।

कमजोर संरचनाका कारण सर्वसाधारण नागरिकले ज्यान गुमाईरहँदा धरान उपमहानगरपालिकाले भने भत्काउनुपर्ने सडकमा १ करोड ३० लाख रुपैयाँ खर्च गरेको छ । कारण एउटै हो : प्रधानमन्त्री केपी शर्मा ओलीको सवारी ।

सडक विभागले धरान विराटनगर (४९ किलोमिटर) सडकखण्डलाई ६ लेनमा विस्तार गरिरहेको छ । सडक निर्माण र मर्मतसम्भारको क्षेत्राधिकार पनि विभागकै हो । तर भानु चोकदेखि लक्ष्मी चोकसम्मको सडकमा उपमहानगरपालिकाले कोशी लोकमार्गको बजेट खन्यायो ।

यसरी ठूलाबडाका लागि चिल्लो सडक बनाउन राज्यकोष आँखा चिम्लेर दुरुपयोग भईरहेको छ । यस्तो काम नगर्न न सवारीसम्मान लिने व्यक्तिले रोक्छन्, न त जनताको मतबाट चुनिएका प्रतिनिधीहरुले नै ।

प्रकाशित मिति : १८ चैत्र २०७५, सोमबार ०२:५१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।