Logo

स्टिभ स्मिथको लगातार दोस्रो शतक, भारत बिरुद्दको दोस्रो खेलमा अस्ट्रेलिया पूर्ण रुपमा हावी हुँदै



निर्मल लामिछाने।

अस्ट्रेलिया भ्रमणमा रहेको भारतले आज दोस्रो ओडीआई खेलिरहेको छ ।

अघिल्लो खेलमा पराजित भएको भारतले आज जित्नै पर्ने दबाबमा रहेको छ, भने उता अस्ट्रेलिया आजको जितसँगै सिरिज आफ्नो पक्षमा पर्ने दाउमा रहेको छ । सिड्नी क्रिकेट मैदानमा भैरहेको खेलमा अस्ट्रेलियाका ब्याट्सम्यान स्टिभ स्मिथले भारत बिरुद्द लगातार दोस्रो शतक प्रहार गरेका छन् । उनले ६२ बलमा शतक पुरा गरेका हुन् । टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाले ४० ओभरको खेल सकिँदा २ विकेट खर्चिएर २८८ रनमा खेलिरहेको छ । 

भारतको टिम : शिखर धवन, मयंक अग्रवाल, विराट कोहली (कप्तान), श्रेयस ऐर, लोकेश राहुल (विकेटकिपर), हार्दिक पान्ड्या, रविन्द्र जडेजा, मोहम्मद शामी, युजभेन्द्र चहल, जस्प्रित बुमराह र नवदीप सैनी

अष्ट्रेलिया टिम  : आरोन फिन्च (कप्तान), डेभिड वार्नर, स्टिभ स्मिथ, मोइसेस हेनरिक्स, मार्नस लाबुसेन, ग्लेन म्याक्सवेल, एलेक्स केरी (विकेटकिपर), प्याट कमिन्स, मिचेल स्टार्क, एडम जाम्पा र जोश हेजलवुड

प्रकाशित मिति : मंसिर १४, २०७७ आईतबार  १२ : ३६ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।