Logo

बोलेरो दुर्घटना हुँदा एकको मृत्यु, ५ जना घाइते



म्याग्दी जिल्लाको मंगला गाउँपालिका– २, बाबियाचौरको ताराखेतमा बोलेरो दुर्घटना हुँदा एकको मृत्यु भएकाे छ भने ५ जना घाइते भएका छन् । बाबियाचौर लाम्पाताबाट सल्यानतर्फ जाँदै गरेको अवस्थामा ताराखेत–भर्जुला सडकखण्डको काफलचौरमा दुर्घटना भएको थियो । ००१च ०२५२ नंको बोलेरो दुर्घटनामा ११ बर्षिया करिस्मा केसीको घटनास्थलमै मृत्यु भएको छ  ।

दुर्घटनामा घाईते हुनेमा राजन केसी, सुकला केसी, सनिता क्षेत्री कृपा क्षेत्री रहेको प्रहरी नायव उपरीक्षक किरणजंग कुँवरले बताए ।

घाईतेको गाउँपालिकाको सवारीसाधन, ट्याक्सीमा बेनी तर्फ ल्याइएको छ । घटनास्थलमा गाउँपालिका अध्यक्ष सतप्रसाद रोका सहित प्रहरीको टोली पुगेको छ ।

 

प्रकाशित मिति : मंसिर १४, २०७७ आईतबार  १२ : ५० बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।