गर्मी बढिरहेको बेला सिड्नीमा नोभेम्बर महिनाको रात्रिकालीन न्यूनतम तापक्रम सर्वाधिक मापन गरिएको छ ।
अभिलेख राख्न थालिएयता पहिलो पटक अस्ट्रेलियाको उक्त महानगरमा रातिको तापक्रम २५.४ डिग्री सेल्सीअस पुगेको हो । आइतवार दिउँसो त्यहाँको तापक्रम ४० डिग्री सेल्सीअस पुग्ने पूर्वानुमान छ ।
गर्मी बढेपछि अग्निशमन निकायले न्यू साउथ वेल्स राज्यका पूर्वी तथा पूर्वोत्तर भागमा आगो बाल्न निषेध गरेको छ भने सप्ताहान्तमा साउथ अस्ट्रेलिया र भिक्टोरिया राज्यसहित देशका अन्य भागमा गर्मी ह्वात्तै बढेको बताईएको छ ।




















प्रतिक्रिया