Logo

समाचार

२५ महिनाकाे तलव बराबरको ऋण विना धितो पाइने



एनआईसी एशिया वैंकले सवै कर्मचारीहरुलाई २५ महिनाको तलव वा १५ लाख रुपैयाँ विना धितो ऋणसुविधा उपलव्ध गराउने भएको छ ।वैंकका प्रदेश १ प्रमुख लक्ष्मण चालिसे आईतबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरी २२ वटा विभिन्न विशेषता अन्तर्गतका १५ नयाँ वचत निक्षेप योजनाहरुलाई सार्वजनिक गर्दै त्यस्तो जानकारी दिएका हुन् ।

त्यसका लागि कुनैपनि कार्यालयले सो बैंकमा ‘तलव बचत खाता’ खोल्नुपर्ने छ । सो खाता खोलेका कार्यलयका कर्मचारीले २५ महिनाको तलव वा १५ लाख रुपैयाँ विना धितो ऋण लिनसक्ने बैंकले जनाएको छ । त्यस्तो खाता खोलेका खाता खोलेका कर्मचारीहरुले तीन महिनाको तलव समेत अग्रिम लिन पाउने सुविधा समेत पाउनेछन् ।

बैंकले चमत्कारिक वचत खाता, नारी, जेष्ठ नागरिक, बाबुनानी, विद्यार्थी, तथा स्वरोजार लगायतका खाताहरुवाट औषधि उपचार, मृत्यु बिमा लगायतका अन्य सुविधाहरु उपलव्ध गरारहेको जानकारी दिएको छ । बैंकले नयाँ स्कीम चैत २० गतेवाट सुरु भइरहेको जानकारी दिएको छ ।

बैंकको प्रदेश १ मा मात्र ५२ शाखा, चार एक्टेन्सन, ८ शाखा रहित बैंक र ६४ एमिट सेवावाट ग्राहकहरुले सुविधा दिइरहेको छ । प्रदेश १ को १४ जिल्लामध्ये ११ जिल्लाका जनतालाई वैकिङ्ग सेवा दिइरहेको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।

एनआइसी एशिया बैकले प्रदेश १ मा गत असार मसान्तसम्म १८ अर्ब ६० करोड निक्षेप संकलन गरेको र २८ अर्व २० करोड रुपैयाँ ऋृण लगानी गरेको छ । बैंकको प्रदेश १ मा ३७५ कर्मचारीहरुले ३ लाख २ हजार ग्राहकलाई सेवा प्रदान गरिरहेको बताएका छन् ।

प्रकाशित मिति : २७ चैत्र २०७५, बुधबार ०३:१९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।