मोटरसाइकल चालक २२ वर्षीय हेम चौधरीलाई ठक्कर दिने पूर्वराजा ज्ञानेन्द्र शाहको कार प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीले ठक्कर दिने कार र चालक सशस्त्र प्रहरीका जवान दीपेन्द्र लम्साललाई नियन्त्रणमा लिएको छ ।
कार र चालक लम्साल अहिले इलाका प्रहरी कार्यालय बेलवारीको नियन्त्रणमा छन् । पूर्वरजा शाहको बा३च ७९६२ नम्बरको कारले मोरङको सुन्दरहरैचा नगरपालिका–४ बुधवारे चोकमा मोटरसाइकललाई ठक्कर दिएको थियो ।
ठक्करबाट मोटरसाइकलको पछाडि बसेका हेमको विराटनगरस्थित नोवेल अस्पतालमा उपचारका क्रममा निधन भएको हो । पारिवारसहित पूर्वाञ्चल भ्रमणमा गएका ज्ञानेन्द्रलाई विराटनगर विमानस्थल छाडेर काठमाण्डु फर्कन लागेको कारले मोटरसाइकललाई ठक्कर दिएको प्रहरीको भनाइ छ ।




















प्रतिक्रिया