वरिष्ठ पत्रकार कुसुम कुसुमले सामाजिक सञ्जालमा फेसबुकमा सञ्चारमन्त्रीलाई जहाजले भैरहवामा छोडेको घटनामा व्यग्यङ प्रहार गर्दै यस्तो पोष्ट गरेका छन् । यो गणतन्त्र हो, ‘टाइगर प्यालेस’बासीका लागि जहाजले आधा घन्टा कुर्न सक्दैन ।
जहाजलाई आधा घन्टा कुर्न लगाउनु भनेको नै ६८ जना यात्रुको अपमान हो । मन्त्री भनेको जनताले तिरेको करबाट तलब खाने जनताको सेवक हो, मालिक हैन । कसैले माकफुईं नदेखाए हुन्छ ।
बुद्ध एयर संचारमन्त्री बासकोटाको निजी जहाज हैन । अन्य थुप्रै यात्रु त्यसमा हुन्छन् । जहाज कतिबेला उडने या नउडने भन्ने कुरा मन्त्रीको तजविजको कुरा पनि हैन, यो विलकुल प्राविधिक कुरा हो । क्याप्टेनका दृष्टिमा राजा हुन् कि मन्त्री, सबै यात्रु हुन् । क्याप्टेनले कुनै एक यात्रुका खातिर अन्य सारा यात्रुको जीवन जोखिममा पार्न सक्दैन । बुद्ध एयरका अनुसार मौसमलाई ध्यानमा राखेर जहाज उडाइएको हो ।
मन्त्रीलाई कुर्दा मौसमी प्रतिकूलताका कारण अन्य सारा यात्रुको उडान रद्द हुनसक्थ्यो । जहाज दुर्घटनाको पनि खतरा हुनसक्थ्यो । यी टेक्नीकल कुरा हुन् । जहाज उडानको प्राविधिक पक्ष नबुझी मन्त्रीले गनगन गर्नुका कुनै तुक छैन । मेरो विचारमा बुद्धका क्याप्टेनले जे गर्नुभो, विलकुल एउटा विमान चालकले गर्ने कर्तब्य निर्वाह गर्नुभयो । उहाँलाई धन्यबाद छ ।





















प्रतिक्रिया