कैलालीको घोडाघोडी नगरपालिकाको सामुदायिक बनमा लगाइएको पासोमा परी घाइते भएको चितुवाको मृत्यु भएको छ । घोडाघोडी नगरपालिका वडा न ३ नारायणपुर स्थित थाह्रा सामुदायिक बन उपभोक्ता समुह र मोहन्याल सामुदायिक बन उपभोक्ता समूह को सिमानामा लगाइएको पासोमा परी घाइते भएको चितुवाको मृत्यु भएको हो ।
स्थानियले चितुवा पासोमा परेको देखेपछि संरक्षणकर्मिलाइ खबर गरेका थिए । खबर पाए लगत्तै डिभिजन बन कार्यलय पहलमानपुर कैलालीको टोलि घट्नास्थल पुगेको थियो ।

घट्नास्थलमा टोलि पुग्दा घाइते अवस्थामा फेला परेको चितुवा छटपटाइ रहेको थियो । बन कार्यलय संग चितुवाको उद्धारका लागि दक्ष जनशक्ति नभएकाले बर्दिया रास्टृय निकुञ्जको उद्धार टोलिलाई खबर गरिएको थियो ।
उद्दार टोलि घट्नास्थल पुग्न नपाइ चितुवाको मृत्यु भएको डिभिजन बन कार्यलय सुखडका निमित प्रमुख गौचरण चौधरीले जानकारी दिनु भएको छ । पासोमा परेको उक्त वयस्क चितुवालाई डिभिजन बन कार्यलय पहलमानपुर लगि जनप्रतिनिधि, प्रहरी प्रशासन, बुद्धिजीवी, पत्रकार र बन कर्मचारीको रोहोबरमा सुरक्षित स्थानमा गाडिएको छ । पासो कस्ले र किन थापेको हो भन्ने बारे अनुसन्धान भइरहेको चौधरीले बताएका छन ।




















प्रतिक्रिया