सगरमाथाकी छोरीको नाममा सामाजिक सञ्जालमा चर्चित सावित्रा सुवेदी एक नारीवादी महिला हुन् । उनको ‘जयनारी’ सामाजिक सञ्जालमा उत्तिकै चर्चामा छ ।
नारी बिशेष मुद्दाहरुमा जोडिएर नारी मुक्ति अभियानमै क्रियाशिल देखिने सावित्री सुवेदी खुल्ला र स्पष्ट वक्ताको रुपमा चिनिन्छिन् । पछिल्लो समय महिलामाथि हुने नारी हिंसाविरुद्व खुलेर निर्धक्क विरोधका आवाज बुलन्द गर्ने ‘जयनारी’ हुन् ।
बोक्सीपर्थाको चपेटामा पिल्सिएका नारीदेखि बलात्कारका जघन्य अपराधहरुलाई सजाय दिलाउने अभियानमा खुलेर लागेकी युवा महिला सावित्री सुवेदीले हरेक बखत महिलाहरु पुरुषद्वारा बलात्कारको शिकार भैरहँदा बलात्कारीलाई फाँसी दिलाउने अभियानको कसरतमा छिन् ।
बेलामौकामा विभिन्न फण्डा गरेर चर्चा र विवादमा आइरहने जय नारी वाला सावित्री सुवेदीले अनौठो घोषणा गरेकि छिन् ।उनले आफुले बिहे नगर्ने तर ३५ वर्षमा पुरुषको विर्य भाडामा लिएर आमा बन्ने बताएकी छन् ।पेटिकोट आन्दोलनबाट चर्चामा आएकी सुवेदीले आफु निरन्तर समाज सेवामा लागिरहने र नारीको न्यायकालागी लडीरहने बताएकी छन् ।
३५ वर्षमा एक्लै अथवा विवाह नै नगरी बच्चा जन्माएपछि आफु त्यहि बच्चाको लागि समर्पित गर्ने सुवेदीको भनाई छ । विवादमा परिरहने सुवेदिको पछिल्लो घोषणले कस्तो प्रतिक्रिया पाउँछ त्यो भने हेर्न बाँकि नै छ ।




















प्रतिक्रिया