Logo

प्रमुख समाचार

बारीको कान्लाबाट टायर गुडेर आयो, मोटरसाइकल सवार दुई घाइते



बारीको कान्लाबाट गुडेर आएको टायरले लागि मोटरसाइकलमा सवार दुई जना घाइते भएका छन् । नुवाकोटको विदुर नगरपालिका–५ मा टायर कान्लाबाट अचानक गुडेर आउँदा मोटरसाइकल दुर्घटनामा परी दुई जना घाइते भएका हुन् ।

पीपलटारबाट बट्टारतर्फ आउँदै गरेको बा ६७ प,५५७९ नम्बरको मोटरसाइकल माझीटारस्थित सडकमा आफ्नै लेनमा गुडिरहेका समयमा टायरले मोटरसाइकललाई ठक्कर दिई सडक तल खसालेको जिल्ला प्रहरी कार्यलय नुवाकोटले जनाएको छ ।

दुर्घटनामा परी चालक ४९ वर्षीय जयराम मगर सामान्य घाइते र पछाडि सवार ४० वर्षीया मखमली थापा मगर गम्भीर घाइते भएको बताइएको छ । प्रहरीका अनुसार घाइते जयरााको विदुरस्थित चक्रदेव पोलिक्लिनिकमा सामान्य उपचार भएको र मखमलीलाई उपचारका लागि काठमाडौँ पठाइएको छ ।

प्रकाशित मिति : २० बैशाख २०७६, शुक्रबार ०२:१९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।