शुक्रबार साँझ साढे ६ बजेतिर ललितपुरको सुमेरु अस्पताल नजिकैको गल्लीमा दुई समूहबीच ग्याङफाइट हुँदा एक जनाको छुरा प्रहारबाट मृत्यु भएको छ ।केटीको विषयमा विवाद हुँदा ललितपुर महानगरपालिका – ६ प्रयागपोखरी बस्ने २० बर्षीय अन्सल शाक्यको छुरा प्रहारबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता (डीएसपी) नारायण चिमौरियाका अनुसार केटीको बिषयमा विवाद हुँदा २ समूहबीच हात हालाहालको स्थिति सिर्जना भएको थियो । सो क्रममा एकजनाको मृत्यु भएको हो ।
अन्सनको उपचारको क्रममा सुमेरु सिटी अस्पतालमा मृत्यु भएको हो । पक्राउ परेका सबै केटाहरु लागूऔषध दुव्र्यसनीमा संलग्न रहेको समेत डीएसपी चिमौरियाले बताए ।
सो घटनामा संलग्न मुख्य अभियुक्तसहित ६ जनालाई पक्राउ गरेको डीएसपी) चिमौरियाले रातोपाटीलाई जानकारी दिए । उनीहरुमाथि थप अनुसन्धान भइरहेको छ ।




















प्रतिक्रिया