Logo

राजनीति

३९६ अस्पताल सिलान्यास हुँदा डा. संग्रैलाको ब्यंग्य



काठमाडौं । सरकारले एकैदिन ३९६ स्थानीय तहमा विभिन्न अस्पतालहरुको सिलान्यास गरेका बेला प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसकी नेतृ एवम छायाँ सरकारकी श्रम मन्त्री डा. डिला संग्रौलाले ब्यंग्य गरेकी छिन् । भई रहेका स्वास्थ्य संरचनालाई नै सदुपयोग गर्न नसकेको सरकारले देखाएको यो रमिता भन्दै डां संग्रौलाले सामाजिक सञ्जाल फेसबुक मार्फत यस्तो ब्यंग्य गरेकी हुन् ।

हेर्नुहोस् डा. संग्रौलाले फेसबुकमा अपडेट गरेको यो बिचार :

अब त सर्बसाधारण जनता बिरामी पर्दा सरकारी अस्पताल गै उपचार गर्न गराउन फलामको चिउरा साबित भएको छ किनकि सकारी अस्पताल नै आफै बिरामी भै लडिरहेका छन् । जिल्ला ,प्रदेश एबम केन्द्र मातहत संचालित अस्पतालको अवस्था दिनानुदिन ओरालो झर्दै गएको छ। जनशक्ति पुर्याउने र स्वस्थ्य उपकरण एबम भौतिक संरचना बनाउने तर्फ सरकारले पटक्कै ध्यान दिएको छैन ।

नमुनाकै रुपमा हेर्ने हो भने जिल्ला स्तरको हुम्ला अस्पतालमा ८ जना डाक्टरको दरबन्दी हुँदा १ करार डाक्टर मात्र हुनु ,जनकपुरमा रहेको प्रदेश अस्पतालमा ११डाक्टरको पदपूर्ति नहुनु ,केन्द्र अन्तरगतको  वीर र शिक्षण अस्पतालमा नै चिकित्सकको अभाव हुनु र डाक्टरले सकिनसकी बढी घन्टा ड्युटी गर्न बाध्य हुनु,यतिसम्मकी गत चैतमा वीर अस्पतालको अक्सिजन प्लान्ट बिग्रेकोमा अझसम्म नबन्नु,वीर अस्पतालको गेटमै ढलको फोहोर छताछुल्ल हुनुले सरकारको चरम लापरबाहीले देशैभरिका सरकारी अस्पतालले जनतालाई सहज रुपमा सेवा प्रदान गर्न असमर्थ बन्दै गएका छन् ।

भैरहेको सरकारी  अस्पताललाई सुधार गरी निम्न आय भएका जनता समेतलाई सेवा उपलब्ध गराउन असमर्थ रहेको सरकारले के ३९६ स्थानीय तहमा आधारभुत अस्पताल निर्माण गरी जनतालाई सेवा दिन सक्छ भनी जनताले कसरी पत्त्याउनेरुयति उति अस्पतालको आकडा भन्दा जनतालाई भरपर्दो सुबिधा पो चाहियो सरकार ?

प्रकाशित मिति : मंसिर १६, २०७७ मंगलबार  ९ : ४२ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।