Logo

प्रमुख समाचार

कोटेश्वरमा भेटिएको शंकास्पद वस्तु टाइम बम भएको पुष्टि



राजधानीको व्यस्त सहर कोटेश्वरस्थित बीच सडकमा भेटिएको भनिएको शंकास्पद वस्तु बम नै भएको पुष्टि भएको छ ।नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेसँगै चेकजाँचको क्रममा उक्त झोलामा भेटिएको बस्तु इम्प्रोभाइस एक्सपोल्सोभि डिभाइस ( टाइम आईडी) सानो घरेलु बम रहेको सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए ।

कोटेश्वरबाट जडिबुटीतर्फ जाने बाटोमा भेटिएको शंकास्पद झोला सेनाको टोलीले सोमबार राती डिस्पोज गरेको थियो । शंकास्पद वस्तु स्थानीयले देखेपछि तत्कालै प्रहरीलाई खबर गरेसँगै घटनास्थलमा नेपाली सेनाको टोली पुगेको थियो ।

यो पनि पढ्नुहोस् 

एक्कासी कोटेश्वर मा कालो प्लाष्टिक भित्र शंकास्पद बस्तु भेटिए पछि बम भएको भन्दै भागाभाग भएको छ । एउटा कालो प्लास्टिकमा शंकास्पद बस्तु देखिएपछि त्यसबारे बुझ्न आर्मीको टोली त्यहाँ पुगेको छ ।

प्रहरीका अनुसार शंकास्पद बस्तु बम हो वा अन्य केही हो भनेर अहिलेसम्म थाहा पाउन सकेको छैन् । बानेश्वरदेखि कोटेश्वरसम्मको सडक पूरै जाम छ ।अहिले त्यहाँको ट्राफिक व्यवस्था पूरै भद्रगोल छ । प्रहरीका अनुसार त्यसबारे विस्तृत जानकारी आउन बाँकी छ । ट्राफिक जाम भएपछि यात्रुहरुले सास्ति व्यहोरेका छन् ।

प्रकाशित मिति : २४ बैशाख २०७६, मंगलवार ०१:३९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।