कप्तान लियोनेल मेस्सीको गोल सेलिब्रेसनका कारण स्पेनिस क्लब बार्सिलोनाले जरिवाना तिर्नुपर्ने भएको छ ।
ला लिगामा लियोनेल मेस्सीले ओसासुनाविरुद्ध गोल गरेपछि आफ्नो गोल अर्जेन्टिनी महान् खेलाडी डिएगो म्यारोडोनालाई समर्पण गर्दा २ हजार ७ सय पाउन्ड (नेपाली झण्डै ४ लाख रुपैयाँ) जरिवाना तिर्नुपर्ने भएको छ ।
यस्तै मेस्सीले दुवै हात आकाशतिर फर्काउँदै माथि हेरेका थिए तर, मेस्सीको यो मन छुने गोल सेलेब्रेसन बार्सिलोनाको लागि महँगो पर्न गएको छ । स्पेनिस फुटबल फेडेरेसनले मेस्सीको यो शैलीलाई गलत भनेका छन् । ‘खेलाडीलाई गोल समर्पण गर्न पाइन्छ, तर खेल दौरान नै अन्य टोलीको जर्सी लगाउन नपाउने’ नियम स्पेनमा रहेको छ ।
खेलपछि मेस्सीले सामाजिक सन्जालमा आफ्नो र म्यारोडोनाको पुरानो फोटो राख्दै ‘फेरवेल, डिएगो’ लेखेका छन् ।
प्रतिक्रिया