Logo

समाचार

अष्ट्रेलियाबाट नेपाल आएर मिस नेपाल बन्न सफल अनुष्काको भित्रि कथा



अष्ट्रेलिया बाट मिस नेपालमा भाग लिन केहि समउ अघि मात्र नेपाल आएकी काठमाडौंकी २३ वर्षीया अनुष्का श्रेष्ठले अन्तत आफ्नो सपनालाई वास्तविकतामा बदल्दै सन २०१९ को मिस नेपालको ताज पहिरिन सफल भएकी छिन् । उनले सहभागी २४ प्रतिस्पर्धीलाई उछिन्दै ताज चुम्न सफल भएकी हुन् ।

निर्णायकले सोधेको ‘हामीले अधिकारभन्दा कर्तव्यमा बढी ध्यान दिएर काम गर्‍यौं भने यो संसार समाज उत्कृष्ट बनाउन सकिन्थ्यो, तपाईंको के राय छ र ? भन्ने प्रश्नको जवाफमा उनले कर्तव्य र अधिकार एकै सिक्काका दुई पाटा रहेको कुरा सुन्दै आएको भन्दै उनले सबैले आ–आफ्नो स्तरमा आफ्नो जिम्मेवारी निर्वाह गरेमा संसार स्वतः सुन्दर हुने जवाफ दिएकी थिइन् ।

उनी मिस नेपाल प्रतियोगिताकै लागि केही दिन अघि मात्र अष्ट्रेलियाबाट नेपाल आएकी हुन् । अष्ट्रेलियामा अध्ययन गर्दै आएकी अनुष्का व्यवस्थापन संकायतर्फ स्नातक उत्तीर्ण हुन् । अष्ट्रेलियाको सिड्नीमा बस्दै आएकी उनी मिस नेपाल ओसेनिया(२०१८ बन्न सफल भएकी थिइन् । उनी कमन वेल्थ ब्यांक अफ अष्ट्रेलियामा कार्यरत छिन् ।

प्रकाशित मिति : २७ बैशाख २०७६, शुक्रबार ०२:५८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।