Logo

प्रमुख समाचार

आज देशभरको मौसम कस्तो हुनेछ ?



जल तथा मौसम पुर्वानुमान महाशाखाका अनुसार आज देशभर वर्षा हुने सम्भावना छ । देशका पहाडि तथा मध्यतराइका क्षेत्रमा मेघ गर्जन, सहितको वर्षाको सम्भावना रहेको मौसम विज्ञान विभागले जनाएको छ । उच्च हिमाली भूभागमा हिमपातको सम्भावना छ ।

यस्तै, राति देशभर आंशिक वर्षाको सम्भावना छ भने, थोरै स्थानहरुमा मेघ गर्जन, हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ।उच्च हिमाली भूभागहरुमा हिमपातको सम्भावना छ ।

यो पनि पढ्नुहोस् 

पशुपतिनाथ मन्दिरकै जग्गा झ्वाम पार्नेले के बाँकी राखेका होलान ?

सार्वजनिक जग्गा हसुर्ने माफियाको जालो यति शक्तिशाली छ की सबैको रक्षा गर्ने पशुपतिनाथ नाथ मन्दिरकै जग्गा पनि झ्वाम पार्न भ्याई सकेछन् । नेपालका भूमाफिया यति शक्तिशाली छन्, जसबाट पशुपतिनाथले आफ्नै जायजेथा रक्षा गर्न सकिरहेको छैनन् । पशुपतिका नाममा रहेको उपत्यकाकै कम्तीमा दुई सय ३१ रोपनी १० आना जग्गा कहिले कसले खायो पत्तै छैन ।

वागमतीदेखि मनहरा नदी बगरसम्मका पशुपतिको जग्गा हराएका हुन् । तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शमेशेरदेखि भूमाफियासम्मले पशुपतिको जग्गा गायब पारेको ठहर छानबिन समितिले गरेको छ । आाजको अन्नपुर्ण पोष्ट दैनिकमा खबर छ ।

यो पनि पढ्नुहोस् 

कसरी पत्याउँनु ! कसरी नपत्याउँनु !

अस्ट्रेलियाका एक पुरूषले १३ वर्षअघि सपनामा देखेको नम्बरको आधारमा किनेको चिठ्ठाबाट १० लाख अमेरिकी डलर जितेका छन् । परिचय नखुलाएका ती मानिसले सपनामा देखेका ती संख्याको चिठ्ठा लगातार किन्दै आएको बताएका छन् ।

उनले खुसी हुँदै भनेका छन् ‘मैले मेरो टिकट अनलाइनमार्फत जाँचेपछि आफूलाई चिठ्ठा परेको खबर थाहा पाएका हुँ । मैले निरन्तर आफ्ना भाग्यको प्रयास जारी राखेथेँ । मलाई एक दिन ती संख्यामा चिठ्ठा पर्नेमा पूर्ण विश्वास थियो ।’

साथै उनले विगतमा पनि सोही नम्बरमा आफूलाई सानो परिमाणका चिठ्ठा परिसकेको बताएका छन् । उनले यी आफ्नो भाग्याशाली संख्या भएकाले अझै पनि सोही नम्बरको चिठ्ठा कन्न नछोड्ने पनि बताएका छन् ।यो समाचार नेपाल समाचारपत्रमा प्रकाशित छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७६, मंगलवार ०३:५५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।