Logo

समाचार

एनआई सी एशिया बैंक र अल्का अस्पतालप्रा.लिबीच सम्झौता



एनआई सी एशिया बैंक लिमिटेड रअल्का अस्पतालप्रा.लि, काठमाडौंबीच बैंकका सम्पूर्ण ग्राहकवर्गहरुलाई अल्का अस्पतालमा उपचार गराउँदाविभिन्न सेवा सुविधाहरुमा २०% सम्मको छुट प्रदानगर्ने सम्झौताभएको छ ।

सम्झौताअनुसार एनआई सी एशिया बैंकका ग्राहकवर्गले अल्का अस्पतालको डिस्काउन्ट कार्ड प्रयोग गरी बैंकको डेबिट एवंक्रेडिट कार्डमार्फत् उपचार शुल्कभुक्तानीगर्दा २०% सम्म छुट प्राप्तगर्न सक्नुहुनेछ ।

उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत सन्तोष कुमार राठी र अल्का अस्पतालको तर्फबाट अस्पतालका कार्यकारी निर्देशक श्रीमती विद्याश्रेष्ठ थापा र प्रशासन प्रमुख रोजिकाप्रधानले संयुक्त रुपमाहस्ताक्षर गरे।

बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २८३ शाखाकार्यालयहरु, २८९ एटिएम, ४१ वटा एक्सटेन्सन काउण्टर एवं २६ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवाप्रदानगर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जालभएको बैंक हुन सफलभएको छ ।

करिब १६ लाख ग्राहक महानुभावहरूकासाथ सञ्चालनमा रहेको यस बैंकका प्रमुखवित्तीय परिसूचकहरु अत्यन्तउत्साहप्रद रहेका छन् । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालनागर्दै आएको छ ।

बैंकले हरेक सम्भावितबजार क्षेत्रमाआफ्ना ग्राहकलाई सेवाउपलब्ध गराउने अभिप्रायले अन्यविभिन्न स्थानहरुमा चाँडै नै थपशाखाकार्यालय संचालनगर्ने योजना अगाडि सारेको छ ।

प्रकाशित मिति : १ जेष्ठ २०७६, बुधबार १५:३६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।