अन्तत रवि लामिछाने र निकिता पौडेल विवाह बन्दनमा बाधिएका छन् । केहि समय अगाडि नै चलचित्र विकास वोर्डकी तत्कालिन अध्यक्ष निकिता पौडेलसँग कानुनी विवाह गरेका चर्चित टेलिभिजनकर्मी रवि लामिछानेले शुक्रबार (हिजो) नगरकोटमा केहि सिमित पाहुना बोलाएर परम्परागत रुपमा विवाह गरेका छन् ।
रवि र निकिता दुवैको यो पहिलो विवाह भने होइन तर उनिहरु दुवैले विगतलाई भुलेर नयाँ जीवनको सुरुवात गर्ने, संगै मर्ने संगै बाच्ने कसम खाएका छन् । चर्चित कार्यक्रम सिधकुरा जनतासँग जो न्युज २४ टेलिभिजन मार्फत प्रसारण हुने गर्छ जसका कार्यक्रम संचालक हुन् नव दुलाहा लामिछाने ।
रविले हिजोबाट परम्परागत रुपमा नै निकिताको सिउँदो भरेर आफ्नो जीवनमा प्रवेश गराएका छन् । परम्परागत रुपमा निकितासँग बैवाहिक जीवनमा बाधीएपछि संचारकर्मी रवि लामिछानेले शनिबार सामाजीक संजाल फेसबुकमा जीवन संगानी निकितासँग विवाह पश्चात खिचिएको एक तस्बिर सेयर गर्दै सर्बैलाई धन्यवाद ज्ञापन गरेका छन् । उनले फेसबक स्टाटसमा पनि लेखेका छन् ।
हाम्रो बैवाहिक कार्यक्रममा उपस्थित भएर हाम्रो निमन्त्रणा स्वीकारगरि आशिर्वाद प्रदान गर्नु हुने सम्पुर्ण महानुभावहरुलाई हामी दुई र हाम्रो परिवारको तर्फबाट धेरै धेरै धन्यवाद । चाहेरपनि धेरैलाई निमन्त्रणा गर्न सकिएन । त्यसका लागि क्षमा चाहन्छौ । साथै विभिन्न माध्यमबाट हामीलाई शुभकामना र आशीर्वाद प्रदान गर्नुहुने सम्पुर्णमा हृदयबाट धन्यवाद।
केहि समय अघि लामिछाने र पौडेल दुवैले आफ्ना पूर्व पत्नी र पतीसँग सम्बन्ध विच्छेद गरेर आगामी यात्रा तय गरेका हुन् । रविको विवाहको विषयमा तत्कालिन समयमा पक्ष विपक्षमा धेरै ठुलो चर्चा परिचर्चा चलेको थियो । अहिले भने विरोधीहरुले पनि लामिछाने र पौडेलको विषयका खासै मुख खोल्न भने सकेका छैनन् ।

यो पनि पढ्नुहोस्
बेहुला बन्न नगरकोट पुगेका रवि लामीछानेका जन्ती को-को ?
कतिपय अवस्थानै त्यस्तो बन्दीदो रहेछ कि कसैको अत्यन्तै प्राइभेट कुरो पनि पब्लिक चासोको विषय बनिदिँदो रहेछ । ठिक त्यस्तै भएको छ चर्चिच संचारकर्मी रवि लामिछानेको विवाहको कुरा पनि ।
पूर्वपत्नी सँग सम्बन्ध विच्छेद गरेर चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेल सँग कानुनी विवाह गरे पछि रवि र निकिता दुवैले अहिले कानुनि विवाह गरे पनि आफुहरुले हिन्दु परम्परा अनुसार पनि विवाह गर्ने बताएका थिए । उनिहरुको पूर्व योजना अनुरुपनै लोकप्रिय सञ्चारकर्मी रवी लामिछाने शुक्रबार परम्परागत रुपमा वैवाहिक बन्धनमा बाँधिएका छन् । केही महिना अघि कानुनी विवाह गरिसकेका उनीहरुले आज परम्परागत रुपमा बिहे गरेका हुन् ।
न्यूज २४ टेलिभिजनमा कार्यरत पत्रकार रवी लामिछानेले चलचित्र विकास बोर्डकी पूर्वअध्यक्ष समेत रहेकी निकिता पौडेलसँग वैवाहिक बन्धनमा बाँधिने मिति केही दिन अगाडी नै सार्वजनिक भईसकेको थियो ।
केहि समय अघिनै काठमाण्डौ जिल्ला अदालतमा गएर कानुनी रुपमा विवाह दर्ता गराईसकेका उनीहरुले आज परम्परागत रुपमा वैवाहिक बन्धनमा बाँधिएका हुन् । उनले शुक्रबार नगरकोटको होटल मिष्टिक माउन्टेनमा परिवारका सदस्य र आफन्तको उपस्थितिमा विवाह गर्दैछन् ।
पारिवारिक स्रोतका अनुसार रविले विवाहमा परिवारका सदस्य र आफन्तलाई मात्र बोलाएका छन् । विवाहको कार्यक्रम गोप्य राखिएको छ । उनले गत माघ सात गते निकितासँग अदालती विवाह गरेका थिए।





















प्रतिक्रिया