एजेन्सी – इंग्ल्यान्डले दक्षिण अफ्रिकासँगको तीन खेलको टि ट्वान्टी आई सिरिजमा क्लिनस्विप गरेको छ ।
तेस्रो तथा अन्तिम टि ट्वान्टी खेलमा ९ विकेटको सानदार जित निकाल्दै इंग्ल्यान्डले घरेलु टोली दक्षिण अफ्रिकामाथि सानदार क्लिनस्विप गरेको हो ।
घरेलु मैदान केप टाउनमा टस जितेर पहिला ब्याटिङ गरेको घरेलु टोली दक्षिण अफ्रिकाले ३ विकेट गुमाउँदै १ सय ९१ रन बनाएको थियो । जितको लागि १ सय ९२ रनको बलियो विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्डले १७.४ ओभरमा १ विकेटको क्षतिमा सहजै पूरा गर्यो ।
इंग्ल्यान्डको जितमा ब्याट्सम्यान डेविड मलान ४७ बलमा ११ चौका र ५ छक्का सहित ९९ रनमा अविजित रहे भने जस बटलर ४६ बलमा ३ चौका र ५ छक्का सहित ६७ रनमा अविजित रहे ।
त्यस्तै इंग्ल्याण्डका मलान प्लेयर अफ द म्याच र सिरिज घोषित भए ।
इंग्ल्यान्ड र दक्षिण अफ्रिकाबीच तीन ओडिआई खेलको सिरिज पनि हुने छ । पहिलो ओडिआई शुक्रबार केप टाउनमा हुने छ ।




















प्रतिक्रिया