Logo

च्याम्पियन्स लिग: शाख्तर डोनेस्कद्वारा रियल म्याड्रिड २-० ले पराजित



यूईएफए च्याम्पियन्स लिग अन्तर्गत समूह बी को पाँचौ खेलमा स्पेनिस च्याम्पियन रियल म्याड्रिडले शाख्तर डोनेस्कसँग २-० को हार बेहोरेको छ ।

गएराती युक्रेनमा भएको खेलमा रियल २-० ले पराजित भएको हो । शाख्तारको जितमा डेन्टिन्हो र सोलोमोनले १-१ गोल गरे । कप्तान सर्जियो रामोसबिना उत्रिएको रियलले डिफेन्समा फेरी एकपटक कमजोर प्रदर्शन गर्दा हार बेहोरेको हो । 

खेलको पहिलो हाफमा शाख्तारले तुलनात्मक रुपमा बढी आक्रमण गरेपनि गोल गर्न भने सकेन । घरेलु टोलीले चोटका कारण मुख्य फरवार्ड जुनिअर मोराएसलाई गुमाएको थियो ।

दोस्रो हाफमा शाख्तारले आक्रमणलाई निरन्तरता दिँदै रियलको डिफेन्सलाई चुनौती दियो । त्यसको फलस्वरूप ५७ औं मिनेटमा डेन्टिन्होले रियलको कमजोर डिफेन्सको फाइदा उठाए ।

एक गोलले पछि परेपछि केहि आक्रामक देखिएको रियलले गोल फर्काउने कुनै मुभ बुन्न सकेन । जवाफमा ८२ औं मिनेटमा काउन्टर अट्याकमा शाख्तारले अग्रता दोब्बर पार्यो । सोलोमोनले मिडफिल्डमा बल पास लिएर एक्लै अगाडी बढाउँदै पेनाल्टी क्षेत्रको ठिक बाहिरबाट गोल गरेका थिए ।

यस हारसँगै रियल म्याड्रिड अंक तालिकाको तेस्रो स्थानमा झरेको छ । शीर्षस्थानमा रहेको बोरुसिया मोन्चेनग्लाडबाकको ४ खेलमा ८ अंक छ । शाख्तार र रियल म्याड्रिडको ५ खेलमा समान ७ अंक भएपनि हेड टु हेडमा शाख्तार अघि छ ।

प्रकाशित मिति : मंसिर १७, २०७७ बुधबार  १० : ३५ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।